+
+

विश्व फेसनको महाकुम्भ मेटगाला रेडकार्पेटमा स्टारले छरे जादू (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १२:४१

काठमाडौं । विश्व फेसनको महाकुम्भ मानिने यस वर्षको मेटगाला-२०२३ अमेरिकाको न्युयोर्कमा सोमबार राति सम्पन्न भएको छ । विश्व फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको चमकधमकपूर्ण उपस्थितिले विश्वको ध्यानलाई मेटगालाले आकर्षित गर्‍यो ।

यसपटक मेटगालामा हाइप्रोफाइल डेब्यु भएको छ । बीटीएस, ब्ल्याकपिंकजस्ता के-पप क्षेत्रका हस्ती हुन् या बलिउड एक्ट्रेस आलिया भट्ट, जसले यसपटक मेटगालाको रेडकार्पेटमा डेब्यु गरे । न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटको अर्थ सहयोग संकलनका लागि बर्सेनि १ मेमा मेटगाला आयोजना हुने गर्छ ।

यसपटकको मेटागाला जर्मनीका लिजेन्ड फेसन डिजाइनर कार्ल लेगरफेल्डप्रति समर्पित थियो । समारोहको थिम नै उनको नाममा राखिएको थियो । विश्वभरका फेसन डिजाइनर एकठाउँमा भेला भएर आफ्नो डिजाइन प्रस्तुत गर्ने होडको कारण मेटगाला फेसनको महाकुम्भ बनेको हो ।

हलिउड अभिनेता जेरर्ड लेटोले ठूलो बिरालो आकृतिको डिजाइन प्रस्तुत गरे । निकोल किडम्यान, डुआ लिपा, रीता ओरा, किम कार्दसियन, काइली जेनर मेटगालाका आकर्षण बने । टेनिसकी महान् सेरेना विलियम्स गुच्चीको डिजाइनमा हट देखिएकी थिइन् । उनले सोही समारोहमा आफू दोस्रो बच्चाको आमा बन्न लागेको भन्दै बेबी बम्प समेत प्रदर्शन गरेकी थिइन् । सुपरमोडल गिगी हदिद, अभिनेत्री मार्गरेट रोबी, प्रियंका चोपडा, निक जोनस, रोबर्ट प्याटिन्सन, रिहाना, मिसेल योह जस्ता ए-लिस्टर विश्व सेलिब्रिटी पनि मेटगालामा उपस्थित भए ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?