+
+

प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा आलियाको डेब्यु (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १७:१८

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर विश्व फेसनको महाकुम्भ मेटगालामा डेब्यु गरेकी छन् । नेपाली समयानुसार मंगलबार बिहान न्युयोर्कमा भएको यो भव्य समारोहमा प्रबलको डिजाइनलाई आलियासहित दर्जन हलिउड सेलिब्रिटीले समेत लगाए ।

रेड कार्पेटमा डेब्यु गर्दा आलिया सेतो पर्ल गाउनमा सुन्दर देखिइन् । यस वर्ष मेटगालाको थिम रहेको ‘कार्ल लेजरफेल्ड : अ लाइन अफ ब्युटी’ अनुरुप प्रबलले डिजाइन गरेको पोशाक लगाएर आलियाले रेडकार्पेटमा सौन्दर्य छरिन् । उनको यो पहिरनले सन् २०१९ मा ८५ वर्षको उमेरमा निधन भएका र आफ्ना आइकोनिक आउटफिटसहित दशकौं बिताएका दिग्गज फेसन डिजाइनरलाई श्रद्धासुमन दिन्छ ।

रेड कार्पेटमा जानुअघि आलियाले इन्स्टाग्राममा एक पोस्ट गरेर फ्यानलाई यसबारे जानकारी दिएकी थिइन् । तस्वीरमा सिल्हुट पहिरन लगाएकी उनले क्याप्सन लेखेकी थिइन्, ‘हेयर वी गो ।’ आलियाको पोशाकमा कम नेकलाइन र मोतीले बनेको चोली थियो, जबकि भुइँमा समेत फिंजारिएको रफल स्कर्ट पनि । यी अभिनेत्रीले आफ्नो कपाल र शृंगारमा समेत ध्यान दिएकी थिइन् । उनको दाहिने हातमा डायमण्ड ड्रप झुम्का र सेतो छालाको पञ्जा देख्न सकिन्थ्यो ।

मेटगालामा आलियाको पहिलो उपस्थिति हो । समारोहमा भारतीय अभिनेत्री प्रियंका चोपडा पनि सहभागी भएकी छिन् । मेटगालामा प्रियंकाको यो चौथोपटकको उपस्थिति हो । यसपटक प्रबलको डिजाइन लगाएर अमेरिकी गायिका रीता ओरा, केल्सी एसबिल, क्विन्टा ब्रन्सन, टाइका वाटिटी, अनोक याई लगायतले पनि मेटगालाको रेडकार्पेटमा आफ्नो सौन्दर्यको जादू छरेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?