+
+

लिग लिडर जावलाखेललाई हराउदै पुलिसले छाड्यो रेलिगेसन जोन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १७:३७

१९ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । चौथो जितपछि पुलिसले रेलिगेसन जोन छाडेको छ ।

पुलिसको जितमा मोसेस ट्वाम र अहमद हिजाजीले गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।

खेलको ३५ औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

अघिल्लो खेलमा दुई गोल गरेका हिजाजीले ८८ औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे ।

जावलाखेलका लागि ८९औं मिनेटमा विपिनले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

यस सिजन चौथो जितपछि पुलिस रेलिगेसन क्षत्रेबाट माथि उक्लेको छ ।

१४ खेलबाट १५ अंक जोड्दै पुलिस १०औं स्थानमा उक्लेको हो ।

पहिलो चरणमा ११ औं स्थानमा रहेको पुलिस त्यसपछि दोस्रो चरणदेखि १३औं चरणसम्म अन्तिम स्थानमा थियो ।

विदेशी खेलाडी टिममा समावेश गरेपछि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

विदेशी खेलाडीको आगमनपछि लिगमा पुलिसको यो लगातार तेस्रो जित हो । यसअघि पुलिसले मनाङ मर्स्याङ्दी र खुमलटार एफसीलाई हराएको थियो ।

लिग लिडर जावलाखेलले भने हारपछि अंकदूरी बढाउने अवसर गुमाएको छ ।

लिगमा चौथो हार बेहोरेको जावलाखेलको १४ खेलबाट २४ अंक छ ।

अर्को खेलमा दोस्रो स्थानको थ्री स्टारले खुमलटार एफसीसँग बराबरी खेलेपछि जावलाखेल शीर्ष स्थानमै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?