+
+

दार्चुला हिमपहिरोमा बेपत्ताको पहिचान खुल्यो, उद्धारमा कठिनाइ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते ९:३५
Photo Credit : APF
दार्चुलाको हिमपहिरो

२० वैशाख, धनगढी । दार्चुलाको व्याँस गाउँपालिका-१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले हिमपहिरोमा परेका पाँच जनाको परिचय खुलेको तर अवस्था भने अझै अज्ञात रहेको बताए ।

डीएसपी पाण्डेकाअनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका-२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया छिमी सामो थापा, दार्चुलाको दुँहु गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् ।

उनीहरूको खोजी कार्यका लागि बुधबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ । मंगलबार वर्षा र हिमपातका कारण बेपत्ताहरूको खोजी गर्न गएको टोली फर्किएको थियो ।

यार्सागुम्बा टिप्न गएका १२ जना टेन्टमा बसिरहेका बेला हिमपहिरोमा परेका हुन् । ७ जना भने भागेर हिमपहिरोबाट जोगिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?