+
+

सुनको मूल्य एकैदिन एक हजार ८०० रुपैयाँले बढ्यो

चाँदीको पनि मूल्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते ११:५१

२० वैशाख, काठमाडौं । सुनको मूल्य एकदैदिन तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको हो ।

बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । १९ वैशाख मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४२५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?