+
+

सृष्टिसँगको फोटोबारे सिसनको प्रष्टीकरण : हामी केट-लियोजस्तै मिल्ने साथी हौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १२:०७

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र भ्लगर सिसन बानियाँबीचको एक रोमान्टिक तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उक्त फोटोमा सृष्टिले सिसनलाई चुम्बन गरेको देख्न सकिन्छ । यो फोटो फेसबुकमा भाइरल हुने बित्तिकै यी दुईबीच सम्बन्धलाई लिएर अड्कलबाजी हुन थाल्यो ।

नेटिजनले यी दुई अफेयरमा रहेको हुन सक्ने अड्कल काटे । यो फोटोलाई लिएर ट्रोल र मिम बने । नहोस् पनि किन, पूर्वमिस नेपाल श्रृंखला खतिवडासँगको ब्रेकअपपछि सिसन सिंगल छन् भने अभिनेता सौगात मल्लसँग ब्रेकअपपछि सृष्टिको रिलेसनसिप स्टाटस सिंगल नै छ । सिंगल हुनुको उनीहरुको स्टाटसको कारण गसिप चल्यो ।

यस्तोमा सिसनले सृष्टिको यो तस्वीरबारे प्रष्टीकरण दिएका छन् । इन्स्टाग्राम स्टोरीमा बुधबार यो तस्वीर सेयर गर्दै सिसनले सृष्टि र आफ्नो सम्बन्ध राम्रो साथी मात्र भएको बताएका छन् । आफूहरुको मित्रता ‘टाइटानिक’ फिल्मको जोडी केट र लियोकै जस्तै रहेको सिसनले बताएका छन् ।

‘म र मेरो प्रिय साथी सृष्टिले सेयर गरेको भावना पवित्र छ । जीवनमा हामीले धेरै कुरा साझा गरेका छौं । सबै परिस्थितिमा हामी रोएको र हाँसेको पनि छौं । हामीबीच सधैं निकट मित्रता रहिरहनेछ । लियो र केटजस्तै एकअर्काको उपलब्धिमा हामी ताली बजाउँछौं । यो क्लिप चाहिं सन् २०१६ को भ्लगबाट होला र मलाई थाहा छ ट्रोल गर्नु भनेको रमाइलोका लागि हो,’ उनी लेख्छन्, ‘म यसभन्दा माथि छु तर तिमीहरु हाम्रो समाजका महिलालाई साँच्चै कठिन छ । यस्तो जोक्स र हल्लाले हाम्रो व्यक्तिगत तहलाई असर पार्छ । मसँग प्रोटेक्टिक स्वभावका केटीसाथीहरु पनि छन् । यो तस्वीरलाई लिएर हल्ला नगर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?