+
+
Shares

दुर्गेश-सिसनको गीत ‘जाने भए जाम माया’ लाई १८ दिनमा करोड भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ले २४ घण्टामा युट्युबमा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान रच्यो।
  • यो गीत १८ औं दिनमा युट्युबमा १ करोड पटक हेरिएको छ तर सबैभन्दा छिटो १ करोड भ्यूज पाउने गीत बन्न सकेको छैन।
  • प्रकाश सपुतको गीत ‘सकम्बरी’ले ७ दिनमै १ करोड भ्यूज पाउने कीर्तिमान राखेको छ र ‘जाने भए जाम माया’ले अमेरिकामा युट्युब ट्रेन्डिङमा पहिलो नेपाली गीत बन्न सफल भयो।

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले २४ घण्टामा युट्युबमा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान रच्यो ।

तर, यो गीत सबैभन्दा छिटो १ करोड भ्यूज पाउने गीत बन्नबाट बञ्चित भएको छ । आइतबार १८ औं दिनमा यो गीतलाई युट्युबमा १ करोड पटक हेरिएको छ ।

सबैभन्दा छिटो १ करोड हेरिने नेपाली गीतको कीर्तिमान प्रकाश सपुतको गीत ‘सकम्बरी’सँग छ जसलाई ७ दिनमै करोड पटक हेरिएको थियो ।

दुर्गेश र सिसनको उक्त गीतले २४ घण्टाको रेकर्डसहित अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीतसहित अस्ट्रेलियाली युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आउने अर्को नेपाली गीतको रेकर्ड राखेको थियो ।

पछिल्लो ब्लकबस्टर गीत ‘दुश्मन हेरेको हेर्‍यै’ लगत्तै दुर्गेशले ल्याएको पछिल्लो गीत बहुप्रतीक्षित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?