+
+

कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्छ : विश्वप्रकाश

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १९:२४

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो दल, मेरो नेता भक्न्न पाइन्नँ ।’

यो अमुक दल वा नेताको विषय नभएको भन्दै उनले सम्बन्धित निकायले छानबिन गर्ने बताए ।

यो बेला राजनीतिक दलहरुले निर्दोष नपरुन, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ भनेर मात्र भन्नुपर्ने महामन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?