+
+

फुटबल सिक्दै दाङका बालबालिका

रासस रासस
२०८० वैशाख २३ गते १७:२०

२३ वैशाख, घोराही । दाङको घोराही उपमहानगरपालिका–१८ का धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर फुटबल मैदानमा पुग्छन् । यहाँ उनीजस्तै साना बालकहरु फुटबल अभ्यास गर्छन् । केसीले भने, ‘खेल खेल्न र यस सम्बन्धी विभिन्न खालका ज्ञान लिन पाउँदा धेरै हर्षित छु, खेल क्षेत्रमा अगाडि बढ्न सघाउ पुर्‍याएको छ ।’ नवलपुर फुटबल एकेडेमीले फुटबल सिकाउन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

खुट्टामा जुत्ता, फुटबलकै पोशाक लगाएका आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका हरेक दिन चौरमा फुटबल सिक्न व्यस्त रहन्छन् । उनीहरु निकै मेहनत गर्छन् । रामेछाप स्थायी घर भई हाल घोराही–१५ बस्दै आएका १४ वर्षीय सुजन तामाङलाई एकेडेमी आएर सिक्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

बालबालिका तथा किशोरकिशोरी गलत सङ्गतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने खतरा रहेका बेला यहाँ आएर फुटबल सिक्ने र भविष्यका बारेमा सोच्नसक्ने भएका छन् ।

बालबालिकामा विभिन्न खालका मानसिक तथा शारीरिक समस्या देखापरिरहेका बेला फुटलब प्रशिक्षणका माध्यमबाट खेलमा व्यस्त हुन थालेपछि बालबालिकाका अभिभावक पनि उत्साहित भएका प्रशिक्षक दीपक पुन बताउँछन् ।

एकेडेमीमा आबद्ध थुप्रै बालबालिकालाई हरेक दिन उनीहरूका अभिभावकले खेलमैदानसम्म पुर्‍याउने गरेका छन् । खेलमा सानै उमेरदेखि लाग्न प्रेरित गर्न, मानसिक, शारीरिकरूपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको नवलपुरका भीमबहादुर छन्तेल बताउँछन् ।

विसं २०७६ देखि विभिन्न उमेर समूहका बालबालिकालाई नवलपुर फुटबल एकेडेमीले प्रशिक्षण दिँदै आएको छ । ‘ग्रासरुट’मा नै प्रशिक्षण दिनसके राम्रा खेलाडी उत्पादन हुनेमात्रै नभई मानसिक तथा शारीरिक विकाससँगै खेलमा सुधार ल्याउन मद्दत पुग्ने प्रशिक्षक पुनको भनाइ छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हरेक जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनले बताए । तर दाङमा नलवपुर फुटबल एकेडेमीले लामो समयदेखि बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

‘फुटबलको समग्र विकासका लागि उमेर समूहबाटै खेलाडी उत्पादन आवश्यक छ । यसका लागि खेलकुदका क्षेत्रमा काम गर्दै आएका निकाय र राज्यको नजर अझै पुग्न सकेको छैन’, प्रशिक्षक पुनले भने । दक्ष खेलाडी उत्पादनमा ध्यान नदिने तर नतिजा भने राम्रो खोज्ने परिपाटीले नेपालमा फुटबलको विकास सोचेअनुरुप हुननसकेको उनको भनाइ छ ।

कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीयस्तरमा पालिकाले पनि प्रयास गर्न जरुरी छ । एकेडेमीको सहयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा त सहयोग पुगेको छ नै, साथै खेलाडी उत्पादन गर्न पनि मद्दत पुगेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?