+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शाहरुख खानको ‘जवान’ भदौ २१ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १८:१८

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति तय भएको छ । उनले शनिबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

यो फिल्म अब भदौ २१ गते बिहीबार प्रदर्शन हुनेछ । एट्ली निर्देशित यो फिल्म घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ ।

शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?