+
+

यी हुन् तपाईंको पैसा चोर्ने खतरनाक एन्ड्रोइड एप, आजै डिलिट गरिहाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ९:३८

एन्ड्रोइड प्रयोगकर्ताहरुलाई आफ्नो फोनबाट पैसा चोर्ने खतरनाक एपहरु तत्कालै डिलिट गर्न साइबर सेक्योरिटी कम्पनी क्यास्पर्स्कीले चेतावनी दिएको छ ।

अफिसियल गुगल प्ले स्टोरमा मालवेयर प्रवेश गरी त्यस्ता एपहरुबाट प्रयोगकर्ताको पैसा चोरिरहेको खुलासा उसले गरेको हो ।

त्यस्ता खतरनाक एन्ड्रोइड एपहरु ११ वटा पाइएको छ । जुन सन् २०२२ देखि यतामात्रै ६ लाख २० हजार पटक डाउनलोड भएका छन् ।

गुगल प्ले स्टोरबाटै डाउनलोड हुने ती एप वैधानिक जस्तै देखिए पनि त्यसमा रहेको मालवेयरले गोप्य रुपमा ब्याकग्राउण्डमा काम गर्दछ ।

क्यास्पर्स्कीका अनुसार त्यो मालवेयरको नाम Fleckpe  हो । यो मालवेयर विभिन्न एपबाट प्रयोगकर्ताको फोनमा छिरेर अनधिकृत रुपमा प्रयोगकर्ताको अकाउन्टमा सब्सक्रिप्सन शुल्क लगाउँदछ ।

क्यास्पर्स्कीका अनुसार यो मालवेयर फोटो एडिटर तथा वालपेपर जस्ता साधारण एपहरुमा देखिएको हो ।

पैसा चोर्ने भाइरस पाइएका ती एपलाई गुगलले प्ले स्टोरबाट हटाइसकेको बताइएको छ । तर यदि कोही प्रयोगकर्ताको फोनमा ती एपहरु डाउनलोड भइसकेका भए तत्कालै हटाउन पनि क्यास्पर्स्कीले चेतावनी दिएको छ । पैसा चोर्ने ११ वटा एप यी हुन् :

Beauty Camera Plus (com.beauty.camera.plus.photoeditor)

  • Beauty Photo Camera (com.apps.camera.photos)
  • Beauty Slimming Photo Editor (com.beauty.slimming.pro)
  • “ingertip Graffiti (com.draw.graffiti)
  • GI“ Camera Editor (com.gif.camera.editor)
  • HD 4K Wallpaper (com.hd.h4ks.wallpaper)
  • Impressionism Pro Camera (com.impressionism.prozs.app)
  • Microclip Video Editor (com.microclip.vodeoeditor)
  • Night Mode Camera Pro (com.urox.opixe.nightcamreapro)
  • Photo Camera Editor (com.toolbox.photoeditor)
  • Photo Effect Editor (com.picture.pictureframe)

यदि तपाईंको फोनमा पनि माथिका मध्ये कुनै एप डाउनलोड छ भने तत्कालै डिलिट गरिहाल्नुस् । ढिलो भयो भने तपाईं पनि पैसा चोर्ने भाइरसको फन्दामा पर्न सक्नुहुन्छ ।

कसरी डिलिट गर्ने एन्ड्रोइड एप ?

· Google Play Store एपमा जानुहोस्
· स्क्रिनको दायाँ माथिपट्टि रहेको Profile icon मा ट्याप गर्नुहोस्
·Manage Apps & Devices मा ट्याप गर्नुहोस् र Manage मा जानुहोस्
· त्यसपछि आफुले डिलिट गर्न चाहेको उल्लेखित एपमा ट्याप गर्नुहोस्
· त्यसपछि Uninstall मा ट्याप गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?