+
+

प्रधानमन्त्रीलाई एमालेको जवाफ : फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १६:३३

२४ वैशाख, काठमाडौं । नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ ।

संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’

एमाले सचेतक महेश बर्तौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए ।

तर प्रधानमन्त्री आफैंले म छोड्दिनँ, हिँड्दा संशय पैदा भएको भन्दै उनले भने, ‘कतै उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्ने देखिन थालेको छ ।’

एमालेका अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गरे ।

प्रधानमन्त्रीले मलाई दबाव छ भनेको भन्दै उनले कसले दबाव दिएको हो संसदलाई जानकारी दिन माग गरे । उनले अगाडि भने, ‘मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस् ।’

‘म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणमा फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस्’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?