+
+

२०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गरौं : अमरेशकुमार सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १६:३९

२४ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण भएको बताए ।

उनले थपे, ‘२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गरौं ।’

उक्त आयोगमार्फत पोखरा विमानस्थल, वाइडबडी, एनसेल काण्डहरुको छानबिन गरिनुपर्ने उनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?