+
+

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको चुनौती : लडाकु शिविरको फाइल खोलेर चोखो प्रमाणित गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १८:३१

२४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् ।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी प्रकरणमा सरकारले अघि बढाएको अनुसन्धानको प्रशंसा गरेका छन् । साथै उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटालाको पनि अनुसन्धान गरी आफूलाई चोखो प्रमाणित गर्न चुनौती दिएका छन् ।

‘क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो । तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइदैन यो कुरालाई’ उनले भने ।

भ्रष्टाचारका घटनामाथिको अनुसन्धान देखाउनका लागि मात्र हुन नहुने लिङ्देनले बताए । ‘यो देखाउनका लागि मात्रै हुनु हुँदैन । यदि पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनुभएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ’ उनले भने ।

अध्यक्ष लिङ्देनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको आरोप लगाए । उनले सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा रहेको टिप्पणी गरे ।

‘ऋण काढेर अहिले कर्मचारीलाई तलव खुवाउनुपरेको अवस्था छ । ८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ । यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरु छैन । सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?