+
+

विराट राजाको दरबारदेखि बर्जुसम्म दौड गर्ने तयारी  

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १८:५३

२४ वैशाख, विराटनगर। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण  मन्त्रालयले विराटनगरमा रहेको  विराट राजाको दरबारबदेखि सुनसरीको बर्जु  गाउँपालिकामा रहेको बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने तयारी  गरेको छ।

मन्त्रालयले जेठ ६ गते म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने तयारी  गरेको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले बताएका छन् ।

मन्त्री आचार्यका अनुसार पौराणिक महत्वका दुई क्षेत्रलाई म्याराथन दौडमार्फत जोड्ने तयारी गरिएको हो ।

विराट राजाको दरबार क्षेत्र र  बर्जु तालको ब्याख्या महाभारतमा पनि पाइन्छ । दुई पर्यटकीय क्षेत्रलाई जोड्ने गरी  दौड आयोजना गर्न लागिको हो । दुई क्षेत्रको  दूरी  १६ किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?