+
+

१ लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार चिकित्साशास्त्र तर्फ प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १९:४५

२४ वैशाख, काठमाडौं। प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्रतर्फकालाई प्रदान गरिने भएको छ ।

एक लाख राशीको उक्त पुरस्कार यस वर्ष चिकित्साशास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ ।

फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमीमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुस्कार प्रदान गरिनेछ । सो पुरस्कार छनोटका लागि फाउण्डेसनले छुट्टै पुरस्कार छनोट कमिटी समेत गठन गरेको छ ।

पुरस्कारका लागि आवेदन दिन चिकित्साशास्त्रतर्फ नयाँ लाभदायी शल्यक्रिया प्रविधीको विकास गरेको, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजो, मिर्गौला), जन्मजात अपांगताको उपचार, महिला पाठेघर खस्ने समस्याको उपचार व्यवस्थापन तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पु¥याएको व्यक्ति वा संस्थाबाट आवेदन माग गरिएको छ ।

साथै, ती सेवाहरुको संस्थागत विकास गर्दै दुर्गम क्षेत्र, गरिबी, असहाय र सेवाबाट बन्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्ति तथा संस्थाले समेत पुरस्कारका लागि आवेदन दिन आह्वान गरिएको छ ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने सो पुरस्कारका लागि २५ जेठसम्म आवेदन दिन सकिनेछ ।

यसैगरी, एक लाख राशीकै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष खेलकूद विद्यातर्फ प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।

पुरस्कारका लागि व्यक्ति वा संस्था आफैले आवेदन दिन सक्नेछन् भने अन्य कुनै व्यक्ति वा संस्थाले सिफारिस पनि गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?