+
+

श्रीको जहाज रनवेमा रोकिएपछि यतीको जहाज ल्याण्ड गर्न सकेन, काठमाडौंमै फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १०:५९

२५ वैशाख, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।

विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।

आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा नै फर्किएको थियो । जहाज रनवेमै रहेकाले करिब ५० मिनेट उडान अवतरण प्रभावित भएको थियो ।

एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो ।

पश्चिम नवलपरासी पुगेर आकाशमा फन्को लगाएको सो जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौं आएको विमानस्थल कार्यालय स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?