+
+

र्‍यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १६:४०

काठमाडौं । संगीतप्रेमीमाझ ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारी पछिल्लो नौ महिना गुमनामजस्तै थिए । समकालीन र्‍यापरबीच निकै चर्चित यी तन्नेरीको खबरलाई लिएर जान्न र सुन्न फ्यान अधैर्यजस्तै थिए । उनको संगीतको पर्खाइमा रहेका फ्यानलाई खुसीको खबर छ ।

उनको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम रिलिजसँगै साकारले मुलुकका नौ सहरमा कन्सर्ट पनि गर्दैछन् ।

पाँच वर्षदेखि साकारको टुरको व्यवस्थापन गर्दै आएको पीभीई नेटवर्कले यसपटक पनि उनको नेपाल टुरको व्यवस्थापन गर्दैछ । नेटवर्कका अनुसार साकारले यस वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् । साकारको पछिल्लो म्युजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र यूएईमा ट्रेन्डिङमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?