+
+

पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा पाकिस्तानमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते २०:०५

२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका छन् ।

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि इस्लामावाद उच्च अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको थियो ।

खान पक्राउ परे लगत्तै उनको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका कार्यकर्ताले देशभर प्रदर्शन गरेका हुन् ।

उनीहरु रावलपिण्डीस्थित सैनिक मुख्यालय बाहिर पनि पुगेका छन् ।  प्रदर्शनकारीहरू एउटा गेट तोडेर सैनिक मुख्यालय भित्र प्रवेश गरेको भिडियो पनि सार्वजनिक भएको छ ।

यस्तै लाहोरमा एक जना सैनिक अधिकारीको घरमा पसेर प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले इमरान खानलाई नजिस्क्याउन पटक पटक चेतावनी दिए पनि सरकारले नटेरेको बताएका छन् । इमरान खानको दलले बिना कारण र कानुन विपरीत उनलाई पक्रेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?