+
+

टम क्रुज र शकिराबीच रोमान्स सुरु भएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १३:५१

काठमाडौं । यतिबेला हलिउडमा नयाँ जोडीको चर्चा छ । डेलीमेलका अनुसार हलिउड अभिनेता टम क्रुज र गायिका शकिरा एकअर्काप्रति आकर्षित छन् । गत सप्ताहन्तमा अमेरिकाको मायामीमा आयोजित फर्मुला वानको मोटर दौड प्रतिस्पर्धा समारोहमा उनीहरु एकसाथ देखिएका थिए ।

पेज सिक्स नामक हलिउडको गसिप अखबारका अनुसार ६० वर्षीय अभिनेता क्रुज र ४६ वर्षीया कोलम्बियन पपस्टार शकिराको केमेस्ट्री गज्जबको देखिएको थियो । यतिबेला यी दुई स्टारहरु सिंगल छन् । टम क्रुज पूर्वपत्नी केटी होमेजसँग अलग भएपछि यतिबेला सिंगल छन् भने शकिरा गत समरमा बार्सिलोना स्टार जेरार्ड पिकेसँग अलग भएपछि यतिबेला सिंगल छिन् ।

‘द हिप्स डन्ट लाइ’ गायिकालाई यतिबेला पार्टनरको खाँचो छ र यसका लागि उपयुक्त क्रुज नै हुन सक्छन् । शकिराले मडियासँगको एक अन्तर्वार्तामा क्रुजलाई आकर्षक र बौद्धिक भन्दै प्रशंसा पनि गरेकी छन् । उक्त समारोहमा यी दुई प्राइभेट रुपमै गफगाफ गरेको देखियो ।

शकिरासँग पिकेबाटका दुई सन्तान छन् । क्रुज तीन सन्तानका पिता हुन् ।

कामको कुरा गर्दा अभिनेता क्रुज आफ्नो आगामी फिल्म ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’को प्रचारमा व्यस्त छन् । यो फिल्म आगामी जुलाईमा विश्वभर प्रदर्शनको तयारीमा छ । उनको अघिल्लो फिल्म टपगन माभेरिकले विश्व बक्स अफिसमा १.४९ बिलियन डलर कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?