+
+

नक्कली भुटानी शरणार्थी प्रकरणलाई प्रभाव पार्न ‘दौडधुप’ भैरहेको छ : एकीकृत समाजवादी

अनुसन्धानलाई दबाव र प्रभावबाट मुक्त राख्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १४:५३

२७ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई दबाव र प्रभावबाट मुक्त राख्न आग्रह गरेको छ । विगतमा कैयन् घटनाहरु स्थार्थ समूहका दबावका कारण ढाकछोप भएको भन्दै समाजवादीले यो घटनाको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर नहोस् भनेर जोड दिएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगतमा यस्ता कैयन् घटनाहरु स्थार्थ समूहका दबावका कारणले ढाकछोप भएका छन् । तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीहरुमाथि कार्यवाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ ।’

महासचिव भूषालले दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी छानबिन अगाडि बढाउनसमेत माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको दायरा बढ्दै जाँदा यस काण्डको अनुसन्धानलाई नाजायज प्रभाव पार्ने ‘दौडधुप’ पनि भैरहेको विज्ञप्तिमा उल्लेख छ ।  एकीकृत समाजवादीले निष्पक्ष अनुसन्धान र पारदर्शी कानूनी कार्यबाहीका लागि आवश्यक दबाव सिर्जना गर्न आम जनसमुदाय, राजनीतिक दल, समाजिक संघसंस्था तथा सञ्चार माध्यमहरुलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?