+
+

सिंचाइ कार्यालय बुटवलका प्रमुख विरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १५:१७

२७ वैशाख, काठमाडौं । बुटबलमा भूमिगत जलस्रोत र सिंचाइको निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख ७ हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरुमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?