+
+

तीव्र हावा चल्दा काठमाडौंमा जहाज अवतरणमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १७:३५

२७ वैशाख, काठमाडौं । तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार जहाज अवतरण गर्ने दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेपछि जहाज अवतरणमा समस्या आएको हो ।

‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्वभाविक भन्दा धेरै गतिको हावा चलिरहेको छ । जसका कारण अहिले ५ वटा जहाज आकाशमै घुमिरहेका छन्’ त्रिभुवन विमानास्थलका प्रवक्ता टेकनाथ सिटौलाले अनलाइनखबरलाई भने ।

त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि दिल्ली, दोहा लगायतबाट काठमाडौं आएका ५ वटा जहाजहरु ललितपुरको दक्षिणी क्षेत्र माथिको आकाशमा फन्को मारिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?