
२८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुरको नेपाल–भारत सीमामा निर्माण गर्न लागिएको एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यंकन प्रतिवेदन तयार भएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १, २ र ३ मा बन्ने व्यापार पूर्वाधारमा गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर क्षेत्र प्रयोग हुनेछ । त्यस क्षेत्रमा रहेका १ हजार ९८९ वटा रुख आयोजना निर्माणका बेला काटिने छ ।
उक्त नोक्सानीको क्षतिपूर्तिका लागि सरकारले एक लाख ५० हजार ५२५ गोटा रुखहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गरिने प्रतिवेदनमा उल्लेख छ ।
वातावरणीय प्रभाव मूल्याकंन स्वीकृतीसँगै आयोजना निर्माणको ढोका खुलेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने दाबी गरिएको सो आयोजना निर्माण गर्न सरकारले भारत सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4