+
+

न्याय माग्दै बिनु यादव फेरि सडकमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १५:४२

२९ वैशाख, काठमाडौं । आफ्नै प्रेमी (प्रदीप कठायत) र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले आमरण अनशन सुरु गरेकी छिन् । उनी तीन दिन देखि बसन्तपुर दरबार परिसरमा अनशन बसेकीछिन् ।

प्रेमीको दबावमा गर्भपतन गराएर २० चैत २०७५ मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भइन् ।

अप्रेसन गरेर बेड रेष्टमा रहेको अवस्थामा प्रेमि प्रदिप कठायतबाट बलात्कृत भएको भन्दै पहिलोपकट उनी २९ वैशाख २०७६ मा प्रहरी वृत्त कालीमाटीको महिला सेल पुगेकी थिइन् । तर, प्रहरीले १९ जेठमा बलात्कारको उजुरी लिएर आएकी पीडित र पीडकबीच मिलापत्र गराएर पठायो ।

गर्भपतन र अप्रेशनको दोहोरो पीडाले रन्थनिएकी यादवलाई प्रहरीले मिलापत्रको कागज पढ्न समेत नदिइ हस्ताक्षर गरायो ।

मिलापत्रपछि जस विरुद्ध उजुरी लिएर गएकी थिइन् उनैसँग विवाह गर्नुपर्‍यो यादवले । विवाहपछि रामेछापको मन्थलीस्थित घरमै बन्धक बनाइएकी यादवमाथि ७ वैशाख २०७९ मा उनकै काका ससुरा (पवन कठायत)ले बलात्कार प्रयास गरे ।

तर, रामेछाप प्रहरीले पनि यादवको उजुरी लिएन । उजुरी नलिएपछि प्रहरी मुख्यालय नक्साल पुगेर गुनासो गरेको तीन महिनापछि १५ असार २०७९ मा यादवको उजुरी दर्ता भयो ।

उजुरी दर्ता भएपनि मुद्धाको सुनुवाई प्रभावकारी हुन नसकेको भन्दै उनी ५ बुँदे माग राखेर आमरण अनशन बसेकी हुन् । न्याय माग्दै उनी यस अगाडि पनि बारम्बार सडकमा ओर्लिएकीछिन् ।

१३ मंसिर ०७९ मा उनले सर्वोच्च अदालतको मुल ढोकामा प्रर्दशन गरेकी थिईन् । ३ फागुन ०७९ मा उनले संसद भवन अगाडि समेत प्रर्दशन गरेकी थिईन् । बलात्कारपछि अन्यायपूर्वक विवाह गराएको र त्यसरी नै सम्बन्ध बिच्छेद गराएको भन्दै उनले ७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजालसमा विष पिएकी थिईन् ।

आफूले न्याय नपाएको बताउँदै अनशन बसेकी उनले ५ बुँदे माग राखेकीछिन् ।

उनले बलात्कारको उजुरी फिर्ता लिन लगाउने प्रहरीलाइ कारबाही हुनुपर्ने । बलात्कारको हदम्याद गुजार्न बिवाह गर्ने प्रदिप कठायत र आफ्नो मञ्जुरीबिना सम्बन्ध विच्छेद गराउने रामेछाप जिल्ला अदालतका तत्कालिन न्यायाधीश बद्रिप्रसाद ओलीलाई कारबाही हुनुपर्ने ।

आफूमाथि बारम्बार बलात्कारको प्रयास गर्ने पवन कठायतलाई सजाय हुनुपर्ने । यसका साथै उनले आफ्नो मुद्धामा कमजोर अनुसन्धान गरिएकाले सुरुदेखि अनुसन्धान हुनुपर्ने माग पनि राखेकीछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?