+
+

दयाहाङ राई स्टारर ‘नीरफूल’को ट्रेलरमा भूकम्पको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १७:११

काठमाडौं । आगामी जेठ २६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । २०७२ सालको भूकम्पको कथावस्तुमा आधारित यो फिल्मको कोरोना महामारीका बेला लकडाउन भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको मुख्य भूमिका रहेको फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् । ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखाइएको छ ।

धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेंसी र काठमाडौंमा छायांकन गरिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ ।

नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?