+

मनाङ र हिमालयन शेर्पा बराबरीमा रोकिए

२०८० वैशाख  २९ गते २०:०५ २०८० वैशाख २९ गते २०:०५
मनाङ र हिमालयन शेर्पा बराबरीमा रोकिए

२९ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शुक्रबार हिमालयन शेर्पा र मनाङ मर्स्याङदी फुटबल क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिष्पर्धात्मक बनेको खेलको १४औं मिनेटमा मनाङले अग्रता लिएको थियो । निरञ्जन धामीले गोल गर्दै दिलाएको मनाङको अग्रता धेरै समय टिकेन ।

३६औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अबायोनी फाकुन्लेले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए ।

बाँकी समय दुवै टोलीबाट थप गोलका लागि प्रयास गरे पनि दुवै टोली सफल हुन सकेनन् र अंक बाँडे ।

यस बराबरीसँगै मनाङ र हिमालयन शेर्पाले लिग तालिकामा समान २१ अंक बनाएका छन् । समान अंक भए पनि मनाङ सातौं स्थानमा उक्लिँदा हिमालयन शेर्पा नवौं स्थानमा छ ।

मनाङ मर्स्याङदी क्लब शहीद स्मारक लिग हिमालयन शेर्पा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय