+
+

परिणती र राघवबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै, प्रियंका चोपडा पनि पुगिन्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते ११:१०

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आमआदमी पार्टीका सांसद राघव चड्डाबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदैछ । इन्डिया गेट नजिकको कपुरथला हाउसमा बेलुका ६ बजे समारोह हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

शिख परम्पराअनुसार इन्गेजमेन्ट हुन लागेको हो । केही दिनदेखि नै यसका लागि भव्य तयारी भैरहेको थियो । बहिनी परिणितीको टीकाटालो समारोहमा सहभागि हुन प्रियंका चोपडा शुक्रबार बेलुका नै दिल्ली पुगेकी छन् ।

समारोहमा डेढसय पाहुनालाई निम्तो गरिएको छ । अभिनेत्री प्रियंका चोपडासहित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन समारोहमा उपस्थित हुने जनाइएको छ ।

इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाउनेछन् भने परिणितीले मनिष मलहोत्राको डिजाइन पहिरिने छन् । यी दुबैले लण्डन स्कुल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका थिए । केही समयदेखि नै यी दुईबीचको अफेयर हल्लाको चलिरहेको थियो भने आइपीएल लगायतका समारोहमा उनीहरु एकसाथ देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?