+
+

इटालीको रोममा ‘फास्ट एक्स’को रेडकार्पेट प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते ११:४६

काठमाडौं । प्रतीक्षित हलिउड फ्रेन्चाइजी ‘फास्ट एक्स’को प्रिमियर शनिबार इटालीको रोममा आयोजना गरियो । विश्वचर्चित एक्सन फिल्म ‘फस्ट एण्ड फ्युरियस’ दशौं श्रृंखलाको रोमस्थित कोलोसियममा गरिएको प्रिमियरमा फिल्म स्टारहरु सहभागी रहे ।

‘रोड टु रोम’ थिमसहित गरिएको प्रिमियरमा भेनसको मन्दिरलाई पृष्ठभूमिमा राख्दै रातो कार्पेट बिच्छाइएको थियो । भिन डिजेल, मिसेल रोड्रिग्वेज, टायरेस गिब्सन, जोन सीना, चार्लिज थेरोन, हेलेन मिरेन, रीटा मोरेनो र अन्य धेरैजना प्रिमियरमा उपस्थित रहे । रोम प्रिमियरसँगै फिल्मलाई लिएर सामाजिक सञ्जाल प्रतिबन्धको अवधि पनि सकियो र फ्यानले समेत फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।

हलमा रिलिज हुनुको ठीक एक साताअघि केही भाग्यमानी दर्शकले ‘फास्ट एक्स’ हेर्ने मौका प्राप्त गरे । वास्तवमै भन्ने हो भने रोम प्रिमियरबाट यसले मिश्रित समीक्षा प्राप्त गरेको छ । केहीले यसलाई दृश्यताको भव्यताको रुपमा व्याख्या गर्दैछन् भने केही यसलाई ‘मूर्ख मनोरञ्जन’ रहेको बताइरहेका छन् । केही यो फिल्म फ्रेन्चाइजीको लागि धक्का भन्दैछन् ।

केहीले खलपात्रको भूमिकामा देखिएका अभिनेता जेसन मोमाओको अभिनयलाई प्रशंसा गरिरहेका छन् । फिल्मको प्रिमियरलाई इटालीको राजधानी रोममै आयोजना हुनुको पछाडि पनि खास कारण छ । किनभने दशौं श्रृंखलासम्मका फिल्म उच्च एक्सन दृश्यलाई रोम सहर वरपर छायांकन गरिएको छ । फास्ट एक्सनको प्रोडक्सन पनि इटालेली सहर टुरिनमा भएको थियो ।

‘हामीले रोममा गरेका सबै एक्सन दृश्यहरू वास्तविक थिए । जब हामीले त्यो बल रोमको सडकमा घुमायौं, त्यो एउटा वास्तविक रुपमा एक टन तौलको बल थियो, जसमा हामीले आगो लगाएका थियौं,’ फास्ट एक्स निर्देशक लुइस लेटरियरले रेडकार्पेटमा भेराइटी म्यागजिनसँग भने ।

नेपालसहितका मुलुकमा यो फिल्म जेठ ५ गते रिलिज हुँदैछ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?