+
+

बेलायतले रोक्यो ‘केरला स्टोरी’, भारतीय बक्स अफिसमा कमायो ११२ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १२:०५

काठमाडौं । बेलायती सेन्सर बोर्डले भारतीय फिल्म ‘द केरला स्टोरी’को प्रदर्शनमा रोक लगाएको छ । ‘सेन्सर फेल’ भएपछि बेलायती मल्टिप्लेक्सले दर्शकलाई टिकट बिक्रीबापतको पैसा फिर्ता गरे भने शो पनि वेबसाइटबाट हटाएका छन् ।

सुदीप्तो सेन निर्देशित यो फिल्मलाई गत शुक्रबारदेखि बेलायत र आयरल्याण्डका ३१ हलमा रिलिज गर्ने तयारी थियो । तर हलहरुले टिकट बिक्री रोके भने शोहरु पनि हटाए । तर बेलायती सेन्सर बोर्डले चाहिं प्रतिबन्ध लगाइहालेको स्थिति नभएर सेन्सरको प्रक्रिया जारी रहेको दाबी गरेको छ ।

बेलायती सेन्सर बोर्डले भनेको छ, ‘केरला स्टोरी अहिले पनि हाम्रो जाँचपासको प्रक्रियामा छ । यदि फिल्मले उमेर समूह र विषयवस्तु परामर्शको निर्णय गर्‍यो भने मात्र फिल्म रिलिज हुनेछ ।’ तर ब्रिटिश–इण्डियन दर्शकले चाहिं दबाबमा परेर बेलायतले फिल्म रोकेको भन्दै ट्वीटरमा गुनासो गरेका छन् ।

फिल्मका बेलायती वितरक सुरेश वर्षानीले सेन्सर पासबिना फिल्म रिलिज गर्नु अवैधानिक भएको भन्दै तत्काल प्रदर्शन स्थगित गर्न आफूलाई दबाब आएको बताएका छन् । ‘मलाई प्रदर्शन रोक्नु भनेर इमेल आयो तर यसबारे ठोस कारण खुलाइएको छैन,’ वर्षानीले टाइम्स अफ इण्डियासँग भनेका छन् । बेलायतस्थित हिन्दूवादी संघसंस्थाले फिल्म रोकिएको घटनामा अनुसन्धान गर्न सेन्सर बोर्डलाई पत्र लेखेका छन् । बेलायतमा ४५ हजार भन्दा बढी हिन्दू र जैन समुदाय रहेको अनुमान गरिएको छ ।

यो फिल्मले भारतीय बक्स अफिसमा शनिबार (९ दिन)सम्म ११२.९९ करोड भारु कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?