+

दुई गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल मनाङसँग बराबरीमा रोकियो

२०८० वैशाख  ३१ गते १७:१५ २०८० वैशाख ३१ गते १७:१५
दुई गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल मनाङसँग बराबरीमा रोकियो

३१ वैशाख, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले दुई गोलको अग्रता जोगउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

३३औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । ७५औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै गर्दै अग्रता दोब्बर पारेपछि जवालाखेल जितनजिक पुगेको थियो ।

तर अग्रता कायम राख्न सकेन । मनाङका लागि ८०औं मिनेटमा बिसोन गुरुङ र ९०औं मिनेटमा सुमित महर्जनले गोल गर्दै खेल बराबरी गरे ।

चौथो बराबरीपछि जावलाखेलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।

९ जित ४ बराबरी र ५ हारको नतिजा निकालेको जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड ३० अंकसहित दोस्रो स्थानमा छ । मनाङको १८ खेलबाट २२ अंक भएको छ ।

खेलका तस्वीरहरू हेर्नुहोस् :

 

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय