+
+

एनआरटी र फ्रेण्ड्सको बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १७:३०

३१ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेण्ड्स क्ललबले बराबरी खेलेका छन् ।

एन्फा क्म्प्लेक्समा आइतबार भएको खेलमा खेलमा एनआरटी र फ्रेण्ड्सले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए ।

तर ५८औं मिनेटमा फ्रेण्ड्सकै अमित तामाङले आत्मघाती गोल गर्दा एनआरटीले खेल बराबरी गर्‍यो ।

६६औं मिनेटमा अमितले नै पेनाल्टीबाट गोल गर्दै फ्रेण्ड्सलाई २-१ को अग्रता दिलाए ।

तर फेण्ड्सले दोस्रो पटक पनि अग्रता जोगाउन सकेन ।

८९औं मिनेटमा निकोलस सोङले गोल गरेपछि एनआरटीले खेल २-२ को बराबरी गर्दै अंक खोस्न सफल भयो ।

बराबरीपछि १८ खेलबाट २२ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लेको छ । समान खेलबाट २० अंक जोडेको फ्रेण्ड्स रेलिसगेसन क्षेत्र छाड्दै ११औं स्थानमा उक्लेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?