+
+
Shares

नेपालका सागर र इरानकी दारिया बने मिस्टर एण्ड मिस व्लाइन्ड रकर्स

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १८:२७

३१ वैशाख, काठमाडौं । नेपालका सागर नेपाल र इरानकी दारिया हुसेन मिस्टर एण्ड मिस व्लाइन्ड रकर्स ईन्टरनेशनलको चौथो संस्करणको विजेता बनेका छन् ।

दृष्टि विहीनको क्षेत्रमा कार्यरत संस्था ब्लाइन्ड रक्सले आयोजना गरेको यो प्रतियोगितामा नेपाल लगायत अमेरिका, वेल्जियम, ईरान, भारत, मलेसिया र नेपालका किशोर तथा किशोरीले भाग लिएका थिए ।

राष्ट्रिय स्तरमा विगत ४ वर्षदेखि निरन्तर संचालन गरिएको मिस्टर एण्ड मिस व्लाइन्ड रकर्स कार्यक्रममा यस पटक भने विश्वभरिकै दृष्टि विहीनलाई समावेश गरिएको आयोजक ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीले बताइन् ।

मिस्टर एण्ड मिस व्लाइन्ड रकर्समा सहभागी हुन नेपाल आएका विभिन्न प्रतियोगिहरुले दृष्टि विहीनहरुको क्षमता विकास, नेतृत्व विकास गरि उनीहरुलाई विश्व सामु चिनाउनको लागि यस कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

सहभागीहरुले दृष्टि विहीनले के नै गर्न सक्छन् र भन्ने मान्यता हरेक देशमा रहेको वताउँदै त्यसलाई तोड्न यस कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गरेको वताएका छन् ।

प्रतियोगितामा सहभागी हुन मलेसियाबाट आएका रिसनले दृष्टि विहीन भए पनि एक्लै यात्रा गरेर नेपालसम्म आएको र यसले विश्वभरीनै एक्लै यात्रा गर्ने हिम्मत बढेको बताए ।

मिस्टर एण्ड मिस व्लाइन्ड रक्सको निर्णायक मण्डलमा पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा, नायिका सुरक्षा पन्त तथा टेलिभिजन कार्यक्रम निर्देशक तथा निर्माता सुरजसिंह ठकुरी थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?