+
+
Shares

एसपी बढुवा सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते २०:४१

३१ वैशाख, काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न गरेको सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि देखिएको छ ।

अब्बल प्रहरी अधिकृतहरुलाई छुटाएर विवादितलाई बढुवा गर्न सिफारिस गरिएको भन्दै असन्तुष्टि देखिएको हो। शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो।

सिफारिसमा २१ असोज २०७५ मा घुससहित पक्राउ परेका डीएसपी श्यामकुमार राई समेत समेटिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गर्दा उनले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेससमेत मागेको खुलेको थियो ।

प्रहरी वृत्त, बौद्धमा डीएसपी छँदा उनले व्यवसायीबाट असूली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललमा उजुरी परेको थियो। तर, तत्कालीन गृह मन्त्रालयका उच्च अधिकारीसँग आफ्नो निकटता देखाएर उनी जोगिँदै आएका थिए । त्यहीबीच उनी रंगेहात पक्राउ परेका थिए।

बढुवा सिफारिसमा डीएसपी रुपेश खड्का पनि परेका छन् । उनी संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीको प्रि-स्याट छनौट परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा कारबाही सिफारिसमा परेका अधिकृत हुन्।

अघिल्लो बढुवामा छुटेका गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहोरा लगायत यसपालि बढुवामा समेटिएका छन् ।

नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, वासुदेव पाठक लगायत पनि बढुवा सूचीमा परेका छन् ।

तर, जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दा शाखाका डीएसपी निरञ्जनदत्त भट्ट बढुवामा छुटेका छन् । उनीसँगै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी पनि बढुवा सूचीमा परेनन् । दुवै अघिल्लो पटक नै बढुवाका दाबेदार भएपनि छुटेका थिए ।

भट्टले अहिले काठमाडौं प्रहरीमा रहेर नक्कली शरणार्थी सम्बन्धी प्रकरण अनुसन्धान गरिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?