+
+

बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनायो : विप्लव

रासस रासस
२०८० जेठ १ गते १६:५९

१ जेठ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गरे ।

उनले भने, ‘ १५ वर्षसम्म हामीले हेर्‍यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो। बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन। ‘

उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने स्पष्ट पारे । उनले अहिले युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘२१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी हो, यो लुटेराहरुको शताब्दी हुन सक्दैन । यो हाम्रो चुनौती छ । युवाहरुमा वितृष्णा र निराशा छ।’

उनले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताए ।

‘आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्नपर्नु र सामान्य नागरिकले पढ्न नपाउने, जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ।’ उनले भने ।

महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?