+
+

मधेस प्रदेशका सांसदको गुनासो : कर्मचारीले बिना कमिसन काम गर्दैनन्, मन्त्री फोन उठाउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १६:३२

२ जेठ, जनकपुरधाम । मधेश प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बनिा काम नगरिदिने गुनासो गरेकी छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् ।

‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरु रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’

उनले सत्ता पक्षको सांसद हुँदा समेत आफूलाई सरकारको अनुभूति नभएको समेत गुनासो गरिन् ।

‘मन्त्रीलाई फोन गर्दा उठदैन । हामीलाई अनुभूति हुने गरी काम होस्, व्यवस्था होस् । हामीलाई काम दिइयोस् । हामी बेकामका छौं’, उनले भनिन्

संसदीय विकास कोषमा कर्मचारीको मनोमानी रहेको आरोप लगाउँदै उनले कर्मचारीले आफू अनुकुल नहुँदा भुक्तानी पनि नदिने गरेको बताइन् ।

यस्तै एमालेका प्रमुख सचेतक लखन दासले एक मन्त्रीलाई १८ पटकसम्म फोन गर्दा समेत फोन नउठाएको गुनासो गरे ।

‘बल्ल १८ औं पटकपछि फोन उठाउनु भयो । अनि मैले आफ्नो नाम भनेपछि अब सेभ गर्छु भन्नुभयो । कति दुःखको कुरा हो, एमाले जस्तो ठूलो दलको सचेतकको फोन उठ्दैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?