+
+

१० महिनामा काठमाडौं महानगरको राजस्व संकलन ७ अर्ब ३९ करोड 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १४:५०

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/०८० को १० महिना (वैशाखसम्म) मा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार महानगरले लक्ष्यको ७० दशमलव ९६ प्रतिशत राजस्व संकलन गरेको हो ।

गत आव २०७८/०७९ को यसै अवधिको तुलनामा महानगले २ अर्ब भन्दा धेरै राजस्व संकलन गरेको हो । गत आवको १० महिनामा महानगरले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ अर्थात लक्ष्यको ५९ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । गत वर्ष महानगरले ९ अर्ब ८ करोड ७० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो

महानगरका अनुसार चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयको लक्ष्यमा ९० प्रतिशत प्रगति भएको छ । महानगरले ४ अर्ब ८५ करोड १ लाख रुपैयाँ लक्ष्य राखेकामा ४ अर्ब ३८ करोड ६८ लाख राजस्व उठाएको छ ।

यस्तै आन्तरिक अनुदान तर्फ महानगरले वैशाखसम्म ८६ प्रतिशत लक्ष्य भेटट्याएको छ । २ अर्ब १५ करोड ५६ लाख लक्ष्य राखेको महानगरले १ अर्ब ८६ करोड३६ लाख रुपैयाँ आन्तरिक अनुदान रकम संकलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?