+
+

जहाजमा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १७:४२

३ जेठ, काठमाडौं । भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ ।

सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् । आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् ।

आफूले धेरैजसो समय रेलमा यात्रा गर्ने गरेको र त्यस क्रममा शौचालयमा बिंडी पिउने गरेको भन्दै प्लेनमा समेत त्यस्तै सम्झिएर बिंडी पिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?