+
+

अध्यागमन डेक्समा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगम खान निषेध

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १७:२१

४ जेठ, काठमाडौं । सरकारले अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन निषेध गरेको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि कर्मचारीले सुर्तीजन्य पदार्थ, गुट्खा, चुइगम सेवन कदापी नगर्ने’ निर्देशनमा भनिएको छ । उनले कर्मचारीलाई मुस्कानसहितको सेवा प्रवाह गर्न समेत निर्देशन दिएका छन् । सेवा प्रवाह गर्दा आतिथ्यतालाई उच्च प्राथमिकता दिन समेत निर्देशनमा भनिएको छ ।

कार्यालयमा हेल्प डेस्क राख्ने र त्यसमा अनिवार्य कर्मचारी खटाउन समेत उनले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् । ड्युटीको समयमा सबै कर्मचारीले अनिवार्य ड्रेस कोडको पालना गर्नुपर्ने र तोकिएको समयसम्म ड्रेसमै बस्नु पर्ने समेत निर्देशनमा उल्लेख छ । ड्युटी अवधिभर कुनै पनि अध्यागमन अधिकृतले तोकिएको डेस्क छाड्न पाउने छैनन् । कारणवश छाड्नु परेमा सँगैको अर्को अधिकृतसँग सल्लाह गरेर वा ड्युटी अफिसरसँग अनुमतिमा मात्र डेस्क छाड्न पाइने गरी महानिर्देशकले निर्देशन जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?