+
+

एनसेलको माइ प्लान : सेवाको आवश्यकता अनुसार आफैं बन्डल प्याक बनाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १८:३०

काठमाडौ‌ं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफैं बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माइ प्लान सञ्चालनमा ल्याएको छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफैं बनाएर सेवा लिन सक्छन् ।

ग्राहक आफैंले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो । इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन् । माइ प्लानमा माइ प्लान ५०० र माइ प्लान फ्लेक्सी गरी दुई वटा विकल्पहरु रहेका छन् । ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्छन् ।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन् । माइ प्लान ५०० को कर सहित ५०० रुपैयाँ पर्दछ र यसमा ग्राहकले ५०० रुपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफैं बनाउन सक्छन् । त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढि मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन् ।

प्लानमा पाइने सेवाहरु बाहेक, माइ प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म प्रयोग गर्न सकिन्छ ।

माइ प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मूल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ । माइ फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्छन् ।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विषेश सुविधाले कर्पोरेट ग्राहकहरु ठूलो महत्व राख्दछ । एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माइ प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्छन् ।

यो प्याक ३० दिनको समय चक्रमा सञ्चालन हुने हुदाँ आउट गोइङ् सेवामा अवरोध नआवस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नु पर्ने कम्पनीको भनाइ छ । ३० दिनको समय अघि नै माइ प्लानका सेवाहरुको प्रगोय गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान् शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?