+
+

अमेरिकी दूतावासले क्यूएफएक्सको लबिम हलमा नियमित फिल्म देखाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १४:४२

काठमाडौं । अमेरिकी दूतावासले कोभिड महामारीले रोकिएको फिल्म प्रदर्शनको नियमित श्रृंखला पुनः सुरु गर्ने भएको छ । जसअनुसार दूतावासले यस गर्मीयाम (समर सिजन)मा चारवटा हलिउड ब्लकबस्टर फिल्मलाई क्यूएफएक्स सिनेमाजको लबिम मलस्थित हलमा प्रदर्शन गर्ने भएको छ ।

जसअनुसार आगामी बिहीबार तिमोथी चालमेट स्टारर चर्चित साइन्स फिक्सन फिल्म ‘ड्युन’ प्रदर्शन गर्ने तय भइसकेको छ । शुक्रबारदेखि बुकिङ सुरु भएको र दर्शकले निःशुल्क फिल्म हेर्न पाउने दूतावासले जानकारी दिएको छ । समर मुभी सिरिजको रुपमा जुन, जुलाई र अगस्ट महिनामा पनि एक–एक फिल्म प्रदर्शनको योजना छ ।

टिकट निःशुल्क हुने र टिकटको साथमा पपर्कन भौचर पनि प्राप्त हुने दूतावासले जनाएको छ । यसअघि कोभिड महामारीअघि दूतावासले कुमारी हलमा प्रत्येक महिनाको अन्तिम बिहीबार फिल्म प्रदर्शन आएको थियो । फिल्म कूटनीतिको रुपमा पछिल्लो समय दूतावासले सांस्कृतिक गतिविधिको आयोजना गर्दै आएको छ ।

फिल्म प्रदर्शनसँगै गत वर्ष दूतावासले हिपहप नृत्य प्रशिक्षणको समेत आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?