+
+

‘एक टोल एक सामूहिक कृषि उत्पादन’ कार्यक्रम चलाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १६:५०
फाइल तस्वीर

५ जेठ, काठमाडौं । सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । ‘एक पालिका एक उत्पादन क्षेत्र’ नीति पनि लिने घोषणा भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा कृषिमा आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकास गर्न यस्तो नीति लिइने उल्लेख छ । युवा लक्षित सामूहिक कृषि प्रणालीलाई प्रोत्साहित गर्ने, भूमिको चक्ला बन्दीलाई प्रोत्साहन दिने लगायतका उल्लेख छ ।

तरकारी र फलफूल उत्पादन बढाउने, पशुपन्छी प्राविधिकलाई वडासम्म नै खटाउने लगायतका घोषणा पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?