+
+

वायु सेवा निगमको पुनर्संरचना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:१९

५ जेठ, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् ।

उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए ।

हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने बताउँदै पौडेलले नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे ।

निर्माण भएका अन्र्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने नीति सरकारको रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?