+
+

संसदमा राष्ट्रपति पौडेल (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २०:२३

५ जेठ, काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति पौडेल संसद भवन पुग्दा सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका थिए । राष्ट्रिपति निर्वाचित भएपछि पौडेल पहिलो पटक संसद भवन पुगेका हुन् ।

गत फागुन २५ गते संघीय संसद भवन परिसरमै भएको निर्वाचनबाट राष्ट्रिपतिमा पौडेल निर्वाचित भएका थिए ।

शुक्रबार बिहानसम्म सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सुरुमा केही पढेर बाँकी अर्को व्यक्ति उपराष्ट्रपति वा प्रधानमन्त्रीलाई दिने विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसद सचिवालयका अधिकारीहरु छलफलमा थिए । ‘उहाँ (राष्ट्रपतिले आफै पढ्छु, सक्छु भन्नुभयो र विकल्पमा जानु परेन’ संसद सचिवालयका एक अधिकारीले भने ।

राष्ट्रपति पौडेल केही समय अगाडि मात्रै भारतबानट उपचार गरेर फर्किएका थिए । स्वास्थ्यमा पूर्ण सुधार आइनसकेका कारण अप्ठ्यारो हुन सक्ने आशंकालाई चिर्दै राष्ट्रपति पौडेलले पौने दुई घण्टा समय लगाएर नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरे ।

 

 तस्वीरहरु : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?