+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

संसदमा राष्ट्रपति पौडेल (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते २०:२३

५ जेठ, काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति पौडेल संसद भवन पुग्दा सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका थिए । राष्ट्रिपति निर्वाचित भएपछि पौडेल पहिलो पटक संसद भवन पुगेका हुन् ।

गत फागुन २५ गते संघीय संसद भवन परिसरमै भएको निर्वाचनबाट राष्ट्रिपतिमा पौडेल निर्वाचित भएका थिए ।

शुक्रबार बिहानसम्म सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सुरुमा केही पढेर बाँकी अर्को व्यक्ति उपराष्ट्रपति वा प्रधानमन्त्रीलाई दिने विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसद सचिवालयका अधिकारीहरु छलफलमा थिए । ‘उहाँ (राष्ट्रपतिले आफै पढ्छु, सक्छु भन्नुभयो र विकल्पमा जानु परेन’ संसद सचिवालयका एक अधिकारीले भने ।

राष्ट्रपति पौडेल केही समय अगाडि मात्रै भारतबानट उपचार गरेर फर्किएका थिए । स्वास्थ्यमा पूर्ण सुधार आइनसकेका कारण अप्ठ्यारो हुन सक्ने आशंकालाई चिर्दै राष्ट्रपति पौडेलले पौने दुई घण्टा समय लगाएर नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरे ।

 

 तस्वीरहरु : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?