
६ जेठ, काठमाडौं । ब्रायन मब्यूमोको दुई गोलको मद्दतमा ब्रेन्टफोर्डले टोटनह्याममाथि सहज जित हात पारेको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा ब्रेन्टफोर्डसँग टोटनह्यामलाई उसकै घरेलु मैदानमा ३–१ गोल अन्तरले हराएको हो ।
सिजनको अन्तिम होम गेममा टोटनह्यामले आठौं मिनेटमै ह्यारी केनको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा भ्रमणकारी टोली खेलमा फर्कियो । ५०औं मिनेटमा मब्यूमोले बराबरी गोल फर्काए भने ६२औं मिनेटमा हेक्कीले गोल गर्दै अग्रता दिलाए ।
खेलको ८८औं मिनेटमा मब्यूमोले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डको जित सुनिश्चित गरे । जितसँगै ब्रेन्टफोर्डको ३५ खेलबाट ५६ अंक भएको छ भने अन्तिम खेल खेल्नुअघि टोटनह्यामको ५७ अंक छ र अंकतालिकाको सातौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4