
७ जेठ, काठमाडौं । सांसद अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।
धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने कसरी बिउ किन्ने ? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।
उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ । ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4