+
+

एल साल्भाडोरको फुटबल स्टेडियममा भिडमा किचिएर १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १३:२२

७ जेठ, काठमाडौं । एल साल्भाडोरस्थित एक फुटबल स्टेडियममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । स्थानीय टिम अलिआन्जा र फासबीच कसकटल्याण्ड स्टेडियममा प्रतिस्पर्धा भइरहेको बेला समर्थकहरुबीचको ठेलमठेलले उक्त दुर्घटना भएको हो ।

गेटहरु बन्द भएपछि पनि ठूलो संख्यामा फुटबल समर्थकहरु रंगशालामा प्रवेश गर्न खोज्दा भिडमा किचिएर १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । लगत्तै खेल स्थगित गरिएको थियो ।

राष्ट्रपति नायब बुकेले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान सुरु गर्ने बताएका छन् ।

कसैले नक्कली टिकट बेचेको र सोही टिकटमार्फत् भित्र प्रवेश गर्न खोजेका समर्थकलाई सुरक्षाकर्मीले रोक्न खोज्दा उक्त घटना भएको हो । सुरक्षाकर्मीले स्टेडियम अगाडि लगाएको ब्यारिकेड पन्छाउँदै समर्थकहरुको भिड रंगशालाभित्र प्रवेश गरेको थियो ।

नक्कली टिकट बेच्नेको खोजी भइरहेको र घटनाबारे अप अनुसन्धान जारी रहेका त्यहाँका सुरक्षाकर्मीले बताएका छन् ।

फुटबलको प्रत्यक्ष प्रसारण भइरहेको एक भिडियोमा लगत्तै खेल स्थगित गरिएको र स्वास्थ्यकर्मीहरु स्ट्रेचर बोकेर घाइतेहरुको उद्धारमा दौडिरहेको देखिन्छ ।

एल साल्भाडोरको नागरिक सुरक्षाका लुइस अलोन्सो अमायाले करिब ५०० मानिसहरूलाई चिकित्सा उपचार दिइएको र धेरैलाई अस्पतालमा लगिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?