+
+

सरकारले २ अर्ब आन्तरिक ऋण उठाउँदै

३२ अर्ब नवीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:१०

७ जेठ, काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने जनाएको छ ।

सोमबार कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने जसमध्ये २ अर्ब नयाँ ऋण परिचालन हुने र ३२ अर्ब २० करोड ३२ लाख नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

सोमबार २८ दिन अवधिको १० अर्ब रुपैयाँ बराबरको, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको १८२ दिन अवधिको १२ अर्ब ४७ करोड बराबरको र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?