+
+

सन्दीप लामिछानेको मुद्दामा थप प्रमाण बुझ्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:३३

७ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा पीडितको बारेमा थप प्रमाण बुझ्ने आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट जन्मदर्ताको अभिलेख र उनको जन्म भएको भनिएको अस्पतालबाट जन्मदर्ताको दर्ता किताब झिकाउने आदेश दिएको हो ।

यसअघि वडा कार्यालयले अदालतमा पठाएको जन्मदर्ताको विवरण पीडितले नागरिकता बनाउँदाको अभिलेखसँग नमिलेको पाइएको थियो । त्यस्तै पीडितको जन्म भएको अस्पतालबाट पेश भएको भनिएको प्रमाणमा समेत पीडित पक्षले प्रश्न उठाइरहेका छन् ।

क्रिकेटर लामिछाने विरुद्ध गत वषै कात्तिकमा दर्ता भएको मुद्दामा अहिलेसम्म पनि प्रमाण बुझ्ने क्रम चलिरहेको छ । लामिछाने पक्षहरुले पीडित किशोरी गौशाला २६ को उमेर अठार वर्ष पुगिसकेको दाबी गरेका छन् । पीडित पक्षले भने घटना हुँदा गौशाला २६ नाबालक रहेको बताइरहेका छन् ।

पत्राचारले मात्रै प्रमाण यकिन हुन नसकेको भन्दै पीडितहरुले सम्बन्धित निकायमा रहेको अभिलेख र सक्कल दर्ता किताब नै झिकाएर हेर्नुपर्ने माग गरेका छन् ।

क्रिकेटर लामिछानेमाथि एक किशोरीलाई गेष्टहाउसमा लगेर बलात्कार गरेको आरोप छ । जिल्ला अदालत काठमाडौंले थुनछेक बहसका क्रममा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालत पाटनले उनलाई धरौटीमा छाडेको थियो ।

थुनछेक मुद्दामै सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गर्नुका साथै विदेशमा खेल्न जाने अनुमतिसमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?