+
+

बझाङ हिमपहिरो : एक जनाको शव भेटियो, २ जना अझै बेपत्ता

जनक विष्ट जनक विष्ट
२०८० जेठ ७ गते १९:१८

७ जेठ, धनगढी । बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ ।

सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।

उनकाअनुसार घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगेपनि स्थानीय बासिन्दाले बोहराको शव भेटिएको जानकारी प्रहरीलाई गराएका छन् । हिमपहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको भने खोजी भइरहेको डीएसपी भण्डारीले बताए ।

उनका अनुसार पहिरोमा परेर दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो गएको खबर स्थानीय बासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । तर पैदल जानुपर्ने भएकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले बताएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?